Suvadin, Home

भाषाशास्त्री पोखरेलको सम्मानमा विराटनगरमा आज सार्वजनिक बिदा

भाषाशास्त्री पोखरेलको आइतबार निधन भएको थियो। विराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले पोखरेलको सम्मानमा महानगरपालिका भित्र मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

काठमाडौं,१४ फागुन-भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा शोक मनान विराटनगर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

भाषाशास्त्री पोखरेलको आइतबार निधन भएको थियो। विराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले पोखरेलको सम्मानमा महानगरपालिका भित्र मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

पोखरेलको सम्मानमा विराटनगर महानगरपालिका भित्रका १९ वटै वडा कार्यालयहरु, महानगरपालिका भित्रका सामुदायिक विद्यालय, संस्थागत विद्यालयसहितका सरकारी कार्यालय बन्द भएका छन्।

वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको आइतबार विराटनगर–१ मा रहेको परोपकार घाटमा अन्त्यष्टी गरिएको छ।


 

More form the Internet

loading...