Suvadin, Home

पाकिस्तानी भूभागमा भारतीय आक्रमण

भारतीय सञ्चारमाध्यमका अनुसार १२ मिराज विमानहरूले १००० किलो बम खसालेका थिए। शक्तिशाली बमका कारण आतंककारी शिविरहरू नष्ट भएको भारतको दावी छ। बालाकोट, चकोटी, मजफ्फराबादमा रहेका विद्रोही लडाकुका शिविर नष्ट भएकाे सेनाकाे दावी छ। बालाकोट पाकिस्तानी राज्य पख्तूनख्वाहमा पर्छ। 

काठमाडौं,१४ फागुन-कस्मिरको पुलवामा आक्रमणको १२ दिनपछि भारतले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ। मंगलबार बिहान ३ः३० बजे भारतीय लडाकु विमानले पाकिस्तान नियन्त्रित कस्मिर क्षेत्रमा हवाई आक्रमण गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार १२ मिराज विमानहरूले १००० किलो बम खसालेका थिए। शक्तिशाली बमका कारण आतंककारी शिविरहरू नष्ट भएको भारतको दावी छ। बालाकोट, चकोटी, मजफ्फराबादमा रहेका विद्रोही लडाकुका शिविर नष्ट भएकाे सेनाकाे दावी छ। बालाकोट पाकिस्तानी राज्य पख्तूनख्वाहमा पर्छ। 

भारतको केन्द्र सरकारले घटनाका बारेमा बोल्न चाहेको छैन तर वायूसेनाका अधिकारीले भने आक्रमण भएको पुष्टि गरेका छन्। घटनामा के कति क्षति भयो भन्नेबारे कुनै आधिकारीक जानकारी आएको छैन।

दुई साताअघि पुलवामा भएको आतंकवादी आक्रमणमा ४४ जना भारतीय सैनिकको ज्यान भएको थियो भने दर्जनौं घाईते भएका थिए। घटनाको जैश मोहम्मदले जिम्मेवारी लिएका थिए। भारतले आक्रमण गरेको क्षेत्र लोसीबाट लगभग ५० किलोमिटर टाढा छ।

यता भारतीय सेनाले सीमा पार गरेर पाकिस्तानमा आक्रमणको प्रयास गरेपनि सफल नभएको बताएका छन्। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भनेका छन्, 'मुजफ्फराबाद सेक्टरमा घुसपैठ गरेर भारतले आक्रमणको प्रयास गरेपनि पाकिस्तानीले सेनालाई असफल पारेका छन्। भारतीय आक्रमणमा मानवीय क्षति भएको छैन।'एजेन्सी 


 

More form the Internet

loading...