Suvadin, Home

यी हुन् हेलिकप्टरमा सिट नपाउँदा बाँचेका सांसद

सांसद सुब्बालाई मन्त्री अधिकारीले तेह्रथुमको चुहान डाँडामा प्रस्तावित विमानस्थलको अवलोकनको लागि सँगै जान फोन गर्ने बताएका थिए। 'दुई दिन अगाडिमात्र मेरो क्षेत्र भएकाले मलाई पनि जानुपर्छ भनेर उहाँको पिएलाई मेरो नाम टिपाएको थिएँ। जाने दिन खबर गरौंला भन्नु भएको थियो,' सांसद सुब्बाले भने। फोन कुरिरहेका उनलाई एकाएक गृह सचिव प्रेमकुमार राईले एउटा अप्रत्यासित खबर सुनाए।

काठमाडौं,१६ फागुन-सांसद विजय सुब्बा बुधवार बिहान एउटा फोनको प्रतीक्षामा थिए। पर्यटन मन्त्री रवीन्द्र अधिकारीले फोन गरेपछि जानको लागि तयारी अवस्थामा रहेका थिए सुब्वा। फोन आउला र सँगै जाउँला भन्ने तयारीमा रहेका सांसद सुब्बाको मोबाइलमा साढे ११ बज्दासम्म घण्टी बजेन। सिंहदरबारमा बिहान राज्य व्यवस्था समितिको बैठक बसिरहेको थियो। नागरिकता विधेयकमा छलफल चलिरहेकै थियो।

सांसद सुब्बालाई मन्त्री अधिकारीले तेह्रथुमको चुहान डाँडामा प्रस्तावित विमानस्थलको अवलोकनको लागि सँगै जान फोन गर्ने बताएका थिए। 'दुई दिन अगाडिमात्र मेरो क्षेत्र भएकाले मलाई पनि जानुपर्छ भनेर उहाँको पिएलाई मेरो नाम टिपाएको थिएँ। जाने दिन खबर गरौंला भन्नु भएको थियो,' सांसद सुब्बाले भने। फोन कुरिरहेका उनलाई एकाएक गृह सचिव प्रेमकुमार राईले एउटा अप्रत्यासित खबर सुनाए।

त्यो खबरले सुब्बामात्र होइन देशका धेरैलाई अत्यायो। पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित अन्य ६ जना चढेको एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टरबाट पाथीभरा नजिकै दुर्घटना भयो। खबर थाहा पाउँदा सबै छाँगाबाट खसे झै भए। ती सबैभन्दा सांसद सुब्बा आत्तिए। ‘मेरो त होस हवास नै उड्यो। अझै पनि डर लागिरहेको छ। संयोगले बाँचे,' उनले भने।

 


 

More form the Internet

loading...