Suvadin, Home

ठमेलमा शुक्रबारदेखि नेपाली जडीबुटी मेला

सङ्घका अध्यक्ष गोविन्द घिमिरेले मेलामा नेपालको हिमालदेखि तराईसम्म पाइने कृषि, जैविक उत्पादन र अन्य उत्पादनसँगै प्रविधि र गुणस्तरसम्बन्धी जडीबुटीको सचित्र जानकारी दिने ५० वटा आकर्षक कक्ष राखिने जानकारी दिए। मेलामा चार कक्ष नेपालबाहिरका उद्यमी र खरीदकर्ताको हुनेछ। 

काठमाडौं,१६ फागुन -गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ शुक्रबारदेखि शुरु हुने भएको छ। नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घले यहाँ बुधबार पत्रकार सम्मेलन गरेर फागुन १७ गते शुक्रबारदेखि आइतबारसम्म काठमाडौँस्थित ठमेलको छायाँ सेन्टरमा मेला शुरु हुने जानकारी दिएको हो। 

सङ्घका अध्यक्ष गोविन्द घिमिरेले मेलामा नेपालको हिमालदेखि तराईसम्म पाइने कृषि, जैविक उत्पादन र अन्य उत्पादनसँगै प्रविधि र गुणस्तरसम्बन्धी जडीबुटीको सचित्र जानकारी दिने ५० वटा आकर्षक कक्ष राखिने जानकारी दिए। मेलामा चार कक्ष नेपालबाहिरका उद्यमी र खरीदकर्ताको हुनेछ। 

‘गुणस्तरीय जडीबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको मेलामा सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तरक्रियासमेत गरिनेछ। नेपालमा पाइने झण्डै सात हजार प्रजातिका वनस्पतिमध्ये ७०० प्रजातिका जडीबुटी र औषधिजन्य वनस्पति पाइन्छ। 


 

More form the Internet

loading...