Suvadin, Home

Cover Image

सातवटै शव लिएर काठमाडौंका लागि उड्यो हेलिकोप्टर

 दिउँसो १२ बजेर ०५ मिनेटमा ताप्लेजुंगबाट शव बोकेर हेलिकप्टर उडेको उनले बताए। ताप्लेजुङमा बिहान पानी परेकाले शव ३ घन्टासम्म ताप्लेजुङ विमानस्थलमा नै राखिएको थियो। 

काठमाडौं,१६ फागुन -हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सबै ७ जनाको शव काठमाडौं पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन्। 

 दिउँसो १२ बजेर ०५ मिनेटमा ताप्लेजुंगबाट शव बोकेर हेलिकप्टर उडेको उनले बताए। ताप्लेजुङमा बिहान पानी परेकाले शव ३ घन्टासम्म ताप्लेजुङ विमानस्थलमा नै राखिएको थियो। 

उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागंज लगिने बताइएको छ।  त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ। श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ।

मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने स्रोतले जनाएको छ। मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ। 

शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। 

कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए।


 

More form the Internet

loading...