Suvadin, Home

सबैभन्दा अग्लो शिवलिंग जहाँ छन् ५१ लाख रुद्राक्ष

यसको सबैभन्दा ठुलो आकर्षणको रुपमा शिवलिंगलाई लिइएको छ। जसको उचाई ५१ फिट रहेको छ । यसलाई देखेपछि जो कोही व्यक्ति त्यसका अगाडी नतमस्तक हुन्छन्।

काठमाडौं,१७ फागुन - महाशिवरात्रीको सप्ताह शूरु भएको छ। हिन्दु धर्ममा शिवलिंगको ठुलो महत्व हुन्छ। यो बिचमा गुजरातको जूनागढ़मा विश्वको सबैभन्दा अग्लो रुद्राक्षको शिवलिंग निर्माण गरिएको छ। अहिलेसम्म सबैभन्दा अग्लो रुद्राक्षको श‍िवल‍िंग राजस्थानको जोधपुर जिल्लामा थियो जसको उचाई ३३ फिट रहेको थियो।महाशिवरात्रिको पावन पर्वमा जूनागढ़मा मिनी कुम्भ मेला सुरु हुँदै।

यसको सबैभन्दा ठुलो आकर्षणको रुपमा शिवलिंगलाई लिइएको छ। जसको उचाई ५१ फिट रहेको छ । यसलाई देखेपछि जो कोही व्यक्ति त्यसका अगाडी नतमस्तक हुन्छन्।

यो शिवलिंग ५१ लाख रुद्राक्षबाट बनेको छ । श‍िवल‍िंगलाई टाढाबाट दर्शण गर्दा रुद्राक्ष भएको कुरा देख्न अलिक मुस्किल हुन्छ। जब तपाई नजिक आएर हेर्नुहुन्छ तब यसको वास्तविकता पत्ता लगाउँन सजिलो हुन्छ। यहाँ दर्शण गर्न आउँनेहरुले आफुलाई सबैंभन्दा सौभाग्यशाली भएको दावी गरेका छन्।

गुजरातको राज्यपाल ओपी कोहलीको भवनाथ मन्दिरमा ध्वजारोहण गरियो अनी भक्तहरुका लागि खुला गरियो। यो भन्दा पहिले जोधपुर शहरदेखि करीब ६५ किलोमीटर टाढा सच्चियाय माता मन्दिरका नामले प्रसिद्ध ओसियामा २३ लाख रुद्राक्षले बनेको ३३ फीट अग्लो रुद्राक्षको शिवलिंग बनाइएको थियो।


 

More form the Internet

loading...