Suvadin, Home

मौसम खुल्यो, पहाडी भागमा आंशिक बदली  

महाशाखाका अनुसार शुक्रबार अधिकांश भागमा मौसम सफा रहने छ। महाशाखाले दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

काठमाडौं,१७ फागुन-शुक्रबार बिहानैदेखि मौसममा केही सुधार आएको छ। तर यो मौसम स्थिर भने नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शुक्रबार अधिकांश भागमा मौसम सफा रहने छ। महाशाखाले दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 शुक्रबार राति देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 शनिबार भने वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ। शनिबार दिउँसो देशको पश्चिमी र मध्य भागहरुमा सामान्य बदलि र पूर्वी नेपालमा आंशिक बदली रहनेछ।

पश्चिमी नेपाल र अन्य पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ। देशका पश्चिमी उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम र अन्य उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

 राति देशभर सामान्यतया मौसम बदली रहने छ। पश्चिमी नेपालका केही स्थानहरुमा र अन्य भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आइतबार पनि वर्षा हुने भएको छ। दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली रही देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदलि रहनेछ। पश्चिमी नेपालका केहि स्थानहरूमा र देशका मध्य र पूर्वी भूभागका एक–दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना छ। 


 

More form the Internet

loading...