Suvadin, Home

१२ वर्षे बालिका र ३२ वर्षिय युवाबीच लगनगाँठो 

फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ गर्दै बस्दै गर्छन। जंगलमा पुगी काठका कोषी मदुस बनाईत्यसलाई गाँउमा गएर अन्न पातसँग साटेर जिविका धान्ने गर्छन्।
तस्वीरःरासस

काठमाडौं,१७ फागुन-१२ वर्षकी बालिका र ३२ वर्षे युवाविच विवाह भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर, राउटे समुदायमा अहिले पनि असमान विवाह गर्ने प्रचलन छ।राउटे बस्तीका ३२ वर्षिय दलबहादुर शाही र १२ वर्षिय मयाराम शाहीविच साता अघि विवाह भएको छ।यिनीहरु अहिले दैलेखको दल्लुमा बस्दै आएका छन्।

फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ गर्दै बस्दै गर्छन। जंगलमा पुगी काठका कोषी मदुस बनाईत्यसलाई गाँउमा गएर अन्न पातसँग साटेर जिविका धान्ने गर्छन्।

दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजीकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो। आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर यिनीहरू वासको प्रबन्ध गर्छन्। नेपालको जनगणना २०६८ अनुसार राउटे जाति कुल ६१८ जना रहेको छन् ।


 

More form the Internet

loading...