Suvadin, Home

सातै जनालाई श्रद्धाञ्जली दिन को-को पुगे टुँडिखेल ?

अन्तिम श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेकपाका शीर्ष नेताहरु टुँडिखेल पुगेका छन्। 

काठमाडौं,१७ फागुन -ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि काठमाडौंको टुँडिखेलमा राखिएको छ।

अन्तिम श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेकपाका शीर्ष नेताहरु टुँडिखेल पुगेका छन्। 

आफन्त, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी अधिकारी, सर्वसाधारण टुँडिखेल आउने क्रम शुरु भएको छ। काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो। दुर्घटनामा सात जनाले ज्यान गुमाएका थिए । 


 

More form the Internet

loading...