Suvadin, Home

मौसममा बदलीः केही स्थानमा पानी पर्ने सम्भावना 

महाशाखाका मौसमविद शुवास रिमालका अनुसार देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना देखिएको छ।

काठमाडौं,१९ फागुन -देशभर आज (आइतबार) मौसममा बदली भएर केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद शुवास रिमालका अनुसार देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना देखिएको छ।

उनले देशभर मौसममा बदली भएकाले प्राय सबै क्षेत्रमा पानी पर्न सक्ने बताए।उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको उनले बताए।

सोमबारदेखि सामान्य रुपमा मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

More form the Internet

loading...