Suvadin, Home

नेकपाका अध्यक्षद्वयद्धारा श्रद्धाञ्जली 

काठमाडौं,१९ फागुन - नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको छ 

मध्याह्न १२ बजेसम्म उनको शव पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।


 

More form the Internet

loading...