Suvadin, Home

पोखरीमा डुबेर बालकको मृत्यु

घटनास्थलमा खटिएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाटको टोलीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। 

भक्तपुर,२१ फागुन-सूर्यविनायक नगरपालिका–८ सुडालस्थित जय महेश्वरी इँटाभट्टाका लागी पानी जमाउन बनाइएको पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।

काभ्रे जिल्ला बेथान चोक गाउँंपालिका–३ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने मानसिंह तामाङको छोरा साढे दुई वर्षको छोरा अनिश तामाङ एक्कासि पोखरीमा डुबेर घाइते भएपछि उपचारका लागि भक्तपुरको आदर्शस्थित सिद्धि स्मृति अस्पताल भक्तपुर लगिएकोमा उपचारका क्रममा दिउँंसो मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनास्थलमा खटिएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाटको टोलीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। 


 

More form the Internet

loading...