Suvadin, Home

Cover Image

पहाडी क्षेत्रको मौसममा आंशिक बदली  

पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्न वा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। अरु क्षेत्रको मौसम भने दिनभर सामान्यता सफा रहने छ।

काठमाडौं,२६ फागुन- देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्न वा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। अरु क्षेत्रको मौसम भने दिनभर सामान्यता सफा रहने छ।

राति देशभरको मौसम सफा रहने बताइएको छ। पहाडीका केही ठाउँमा भने राति पनि आंशिक बदलीको सम्भावना छ। बिस्तारै जाडो कम हुँदै गएको छ।


 

More form the Internet

loading...