Suvadin, Home

भारतको अवरोधपछि कञ्चनपुरमा कालोपत्रेको काम रोकियो  

काठमाडौं चैत्र ८ - भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधपछि कञ्चनपुरको भीमदत्त नगरपालिका, ९ ब्रम्हदेवमा सडक कालोपत्रे गर्ने कार्य रोकिएको छ । विवादित क्षेत्र भन्दै एसएसबीले सडक कालोपत्रे गर्ने कार्य रोकेको हो ।

विवादास्पद टनकपुर बाँध नजिकै ब्रम्हदेव बजार जोडनका लागि नगरपालिकाले ७२ लाख रुपैयाँमा १ दशमलब ३८ किलोमिटर सडक कालोपत्रे गर्न न्यू जोशी कस्ट्रक्सनलाई ठेक्का दिएको थियो । 

एसएसबीले सडक कालोपत्रे गर्ने कार्यको अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य, नगर प्रमुख सुरेन्द्र विष्ट र जिल्लास्थित सुरक्षा निकाय प्रमुखले अवलोकन गरेका छन् ।

दुवैपक्षबीच भएको छलफलमा आगामी १३ गते बनबासामा हुने सिमा सुरक्षा बैठकबाट समाधान खोज्ने सहमति भएको छ । यद्यपी भारतीय पक्षले माथिल्लो निकायमा विवाद समाधान नहुँदासम्म सडक निर्माणको काम अघि बढाउन नदिने अडान राखेको छ ।  

    


 

More form the Internet

loading...