Suvadin, Home

मुस्ताङमा सुख्खा पहिरो, ८० घर जोखिममा

पोखरा,चैत्र ११ - हिमालपारीको मुस्ताङस्थित घरपझोङ गाउँपालिका - १ छैरोस्थित तिब्बती शरणार्थी क्याम्पमा सुख्खा पहिरो जान थालेको छ । पहिरोले क्याम्पमा संचालित प्राथमिक स्वास्थ्य केन्द्रको एक भवन भत्किएको छ ।

करिब ८० घर पहिरोको जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीकाअनुसार कालीगण्डकी नदी किनारबाट सोमबार रातिदेखि पहिरो जान थालेको हो।

पटकपटकको बाक्लो हिमपातले बालुवा र गिट्टीमात्रै रहेको जमीनमूनि पानी पसेको र केही समय अघि नदी किनारमा ग्याबिन तार लगाउने क्रममा स्काभेटर प्रयोग गर्दा त्यसको थर्काइले सुख्खा पहिरो गएको अनुमान गरिएको छ।

'पहिरो तत्काल नियन्त्रण गर्न सकिने अवस्था छैन' उनले भने - गाउँ पुग्ने ५० मिटर बाटो पनि बगेको छ।' स्वास्थ्य केन्द्रको शौचालय पिन बगिसकेको जनााइर्एकाे छ।


 

More form the Internet

loading...