Suvadin, Home

दुर्घटनामा प्रहरी जवानको मृत्यु

 

कैलाली,चैत्र ११ - मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

 

कैलालीबाट दाङतर्फ जाँदै गरेको रा ३ प २५४६ नं को मोटरसाइकल आज बिहान पूर्व–पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकास्थित शम्शेरगञ्ज नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

दाङमा कार्यरत प्रहरी जवान चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


 

More form the Internet

loading...