Suvadin, Home

मृतकमध्ये ४ जनाकाे शनाखत
ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको ज्यान गयो

काठमाडाैं,चैत्र १७ - ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृतकमध्ये चार पुरुष र दुई महिला छन् । मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा ताप्लेजुङ जिल्लाका ५५ वर्षीय मिङ्मा शेर्पा र साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, र ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा रहेको जिल्ला प्रहर कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । अन्य २ जनाकाे शनाखत हुन सकेकाे छैन ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ -६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको हर्कपुर प्रहरी चौकीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।


 

More form the Internet

loading...