Suvadin, Home

Cover Image

चैते दसैं र रामनवमी पर्व मनाइँदै

Author's Commentary

चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

Sb Saud |

काठमाडौं, चैत ३० - आज चैते दसैं तथा रामनवमी पर्व । चैते दसैंको भोलिपल्ट रामनवमी पर्व मनाइने गरेको भए पनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दसैं तथा रामनवमी पर्व एकै दिन मनाइँदै छ ।

चैते दसैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । असुर शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैंलाई नेपाली समाजमा महत्वका साथ हेरिन्छ । वर्षमा दुई पटक, चैत र असोजमा मनाइने दसैंका अवसरमा गरिने दुर्गा पूजाको विशेष महत्व छ ।

यस दिन घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत्, कालिका पुराण आदिमा उल्लेख छ ।

चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

यस्तै रामनवमीको अवसरमा श्रद्धा तथा भक्तिपूर्वक मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरिँदै छ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । देशभरका राम मन्दिरहरुमा पूजापाठ गरी यो चाड मनाइँदै छ ।

असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । यसैबीच, जनकपुरमा राम नवमीको अवसरमा जानकी मन्दिरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

 


 

More form the Internet

loading...