Suvadin, Home

Cover Image

राेचक प्रसंग: बाँदरमा मानव मस्तिष्कको जीन

एजेन्सि, बैशाख २ - तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ तर बाँदरको मस्तिष्कमा मान्छेको जीन हालिदिएको खबर बाहिरिएको छ । यो प्रयोगले अनुसन्धानकर्ताहरु बाँदरमा धेरै परिवर्तन देखेको बताउँछन् । बाँदरहरु पहिलेभन्दा चलाख र बुदिमान देखिएको बैज्ञानिकहरुको भनाई छ । 

मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका हुन् ।

चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले अमेरिकाको युनिभर्सिटी अफ नोर्थ क्यारोलाइनाका वैज्ञानिकहरूसँग मिलेर यो अनुसन्धान थालेका हुन्।

मानव मस्तिष्कको जीन प्रत्यारोपण भएपछि बाँदरहरू केही बुद्धिमान् भएको उनीहरूले दाबी गरेका छन्। तर केही संस्थाहरूले यस्ता खालका आनुवंशिक प्रयोग र परीक्षणप्रति नैतिक प्रश्न उठाएका छन्।


 

More form the Internet

loading...