Suvadin, Home

नदीमा बेपत्ता दुईसहित तीन जनाको शव फेला

बर्दिया, वैशाख ३ - जिल्लाको कोठियाघाटस्थित कर्णाली नदीको भंगालो गेरुवा नदीमा आइतबार पौडी खेल्ने क्रममा वेपत्ता भएको दुई युवाको शव मंगलबार फेला परेको छ । 

प्रहरीकाअनुसार नयाँ वर्षमा घुम्न आएका बाँके कोहलपुरका १९ वर्षीय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षीय प्रज्वल कोइराला गेरुवामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

यसैगरी राजापुर नगरपालिका-१० का ५५ वर्षीय ठगु चौधरीको पनि शव फेला परेको छ । तीन दिन अघि नयाँ वर्ष मनाउन हिँडेका चौधरी बेपत्ता भएका थिए । उनको शव फेला परेको उद्दारमा संलग्न सशस्त्र प्रहरीका प्रमुख एसपी कृष्ण कोइरालाले बताए ।

काठमाडौ र कुरिनटारबाट आएका गोताखोरले तीनैजनाको शव फेला पारेको हो । नदीमा छ जना पौडी खेलिरहेका थिए । कोहलपुरका राजेन्द्र शाही, दाङ घर भई कोहलपुर बस्दै आएका देबेन्द्र थापा, कोहलपुरका दिनेश थारु र बर्दिया मानपुरटपराका अनुप केसी पौडी खेलेर ज्यान जोगाएका थिए ।


 

More form the Internet

loading...