Suvadin, Home

दिनभरमा ८ विस्फोट, १८५ जनाको मृत्यु
विस्फोटको श्रृंखला नरोकिएपछि श्रीलंकामा कर्फ्यु

कोलम्बो, वैशाख ८ । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

विस्फोटमा १८५ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । विस्फोट कसले गराएको हो भन्ने प्रष्ट हुन सकेको छैन । समाचार एजेन्सीहरुका अनुसार तीन चर्च र तीनवटा पाँचतारे होटलमा विस्फोट भएको छ । नेशनल हस्पिटलमा ४६ जनाको शव राखिएको बताइएको छ ।

त्यस्तै नेगोम्बो हस्पिटलमा ७४, कटना चर्चमा ३१, रगमा हस्पिटलमा ७ र बट्टिकालोआमा २७ जनाको मृत्यु भएको बताइएको छ ।

 

 


 

More form the Internet

loading...