Suvadin, Home

पाल्पामा जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

पाल्पा, बैशाख १६- पाल्पामा जीप दुर्घटना हुँदा सो जिपमा सवार सबै जनाको मृत्यु भएको छ। जिपमा ५ जना रहेको र उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पाल्पाको निस्धी गाउँपालिका(७ विदुरीभिरस्थित कच्ची सडकमा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुदाँ चालकसहित ५ जनाकै मृत्यु भएको पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पाल्पाको भिरपानीबाट हुवासतर्फ जादै गरेको सडकबाट करिब ३ सय ५० मिटर तल खसेको थियो।

दुर्घटनामा परी जिप चालक बुद्धिबल सोती, निस्धी गाउँपालिका -७ का ४६ वर्षीय खड्क बहादुर सोमाई, सोही स्थानका ५५ वर्षीय देवी खड्का, ४५ वर्षीय लालबहादुर सारु र ५७ वर्षीय सन्तबहादुर सारुको मृत्यु भएको पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरीक्षक गणेश चन्दले बताए।

घटनास्थलमा प्रहरी टोलीले उद्धारकार्य जारी राखेको जनाएको छ।


 

More form the Internet

loading...