Suvadin, Home

Cover Image

एटिएम मेसिन फुटाउन खोज्ने २ जना पक्राउ

महानगरीय प्रहरी वृत्त जगातीले एटिएम मेसिन फुटाउन खोज्ने २ जनालाई पक्राउ गरेको छ।
file-photo

काठमाडौं,२४ पुस- महानगरीय प्रहरी वृत्त जगातीले एटिएम मेसिन फुटाउन खोज्ने २ जनालाई पक्राउ गरेको छ। प्रहरीले बनेपा बस्ने काभ्रेका रमेश पाण्डे र भक्तपुर सुर्यविनायक बस्ने दिनेश सुकु भट्टलाई सुर्यविनायक बाट पक्राउ गरेको हो।

भट्ट र पाण्डेले पुस १८ गते बेलुका सुर्यविनायक नगरपालिका-५ मा रहेको सानिमा बैंकको एटिएम मेसिन फुटाउन खोजेकाले फुटेजको आधारमा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगतीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...