Suvadin, Home

Cover Image

पत्रकार विकलाई रिहा गर्न महासंघको माग

समाचारप्रति गुनासो वा असहमति रहे त्यसको कानूनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिएको यो घटना स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप भएको महासंघको ठहर छ। 

काठमाडौं, २४ पुस – नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर बझाङबाट सञ्चालित ‘साइपाल’ अनलाइनका सम्पादक गणेश विकलाई रिहा गर्न माग गरेको छ। 

आज महासंघका सचिव प्रकाश थापाले विज्ञप्ति जारी गर्दै विकलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन्।

समाचारप्रति गुनासो वा असहमति रहे त्यसको कानूनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिएको यो घटना स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप भएको महासंघको ठहर छ। 

महासंघका अनुसार समाचार प्रसारण गरेका भन्दै प्रहरीले विकलाई पुस १९ गते पक्राउ गरी साइबर क्राइमसम्बन्धी मुद्दा लगाउन काठमाडौं ल्याएको छ। 


 

More form the Internet

loading...