Suvadin, Home

Cover Image

एसिया कपको उद्घाटनमा नेपाल र भारत भिड्ने

काठमाडौं , बैशाख ३१ - एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेट बुधबारबाट सुरु हुने भएको छ । आयोजक नेपाल व्हिल चियर क्रिकेट संघले मंगलबार पत्रकार सम्मेलन गर्दै  पहिलो पटक एसिया कप बुधबार सुरु हुने जनाएको हो ।

चार दिन चल्ने एसिया कपमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छन् । किर्तिपुरस्थित टियु मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्ने छन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्  ।

प्रतियोगिताको विजेताले ट्रफी र मेडल प्राप्त गर्ने संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी गराए ।


 

More form the Internet

loading...