Suvadin, Home

Cover Image

चट्याङ लागेर घरमै सुतिरहेकी महिलाको मृत्यु, दुई घाइते

वीराटनगर, बैशाख ३१ - मुसलधारे वर्षा र हावाहुरीसँगै मंगलबार परेको चट्याङले मोरङको रतुवामाई नगरपालिका -  ४ कठघरामा ५० वर्षीया महिलाको मृत्यु भएको छ। एकै परिवारका दुईजना घाइते भएका छन्।

१ बजेतिर अचानक परेको चट्याङले घरमै सुतिरहेकी सन्झादेवी सिंह गनगाईको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए।उनको घटनास्थलमै मृत्यु भएको थियो। 

चट्याङले सन्झादेवीका देवर ५० वर्षीय बुधलालसिंह गनगाई र बुधलालका छोरा १५ वर्षीय सुरेशसिंह गनगाई घाइते भएको जानकारी प्रहरी निरीक्षक साहले दिए। सामान्य अवस्थाका दुवै घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ। 


 

More form the Internet

loading...