Suvadin, Home

Cover Image

 २३ पटक सगरमाथा आरोहण गर्दै शेर्पाले कायम गरे नयाँ रेकर्ड

काठमाडौं । ४९ वर्षीय कामिरिता शेर्पाले २३ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि बुधबार नयाँ रेकर्ड कायम गरेका छन् । दक्षिणपूर्वी रुट हुँदै अर्का एकजना नेपाली आरोहीसँग हिमाल चढेका शेर्पाले २३ पटक सगरमाथा आरोहण गरेको पर्यटन विभागकी अधिकारी मिरा आचार्यले बताएकी हुन् । 

यसरी शेर्पाले अझै दुईपटक सगरमाथा आरोहण गरी २५ पटक पुर्याउने चाहना व्यक्त गरेका छन् । उनले भने, “म अझै बलियो छु र २५ पटक सगरमाथा चढ्ने मेरो इच्छा छ ।” २३ औँ आरोहणका लागि उनले अपनाएको रुट न्युजिल्यान्डका सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले १९५३ मा सगरमाथाको पहिलो आरोहण गर्दा लिएका थिए । 

हालसम्म करिब ५ हजार आरोहीहरुले सगरमाथा चढिसकेको बताइएको छ जसमा कति मानिसहरुले एकपटक भन्दा धेरै आरोहण गरेका छन् । तर यसमा शेर्पाले नै सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेका हुन् । 
 


 

More form the Internet

loading...