Suvadin, Home

Cover Image

भारत निर्वाचनः मुस्लिम समुदाय भविष्यप्रति निकै चिन्तित

पछिल्ला वर्षहरूमा भारतमा मुसलमानविरुद्ध घृणाका अपराधको सङ्ख्या बढ्दै गएपछि कतिपयलाई हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्वमा विश्वको सबभन्दा विशाल प्रजातन्त्र खतरनाक रूपमा असहिष्णु बन्दै गएको डर लागेको छ।

काठमाडाै, जेठ २ - पछिल्ला वर्षहरूमा भारतमा मुसलमानविरुद्ध घृणाका अपराधको सङ्ख्या बढ्दै गएपछि कतिपयलाई हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा विश्वको सबभन्दा विशाल प्रजातन्त्र खतरनाक रूपमा असहिष्णु बन्दै गएको डर लागेको छ।

यो घटना अहिले भइरहेको निर्वाचनमा पहिलो चरणमा मतदान हुनभन्दा केही दिनअगाडि भएको हो। भारतको पूर्वोत्तर राज्य आसामका एक मुसलमान व्यापारी आफ्नो कामका लागि निस्कँदै गर्दा भिडको घेरामा परे। एक समूहले शौकत अलीलाई हिलोमा घुँडा टेक्न लगाएर आक्रमण गर्‍यो।

'तिमी बाङ्ग्लादेशी हो ?, भिडबाट एउटाले उनको भारतीय नागरिकताप्रति प्रश्न चिह्न उठाउँदै सोध्यो। किन यहाँ गाईको मासु बेचेको ? अर्कोले औँला उज्याउँदै सोध्यो। वरपरको भिड सहयोग गर्न अघि सरेन। बरु मानिसले मोबाइलमा त्यसको भिडिओ खिचे।

एक महिनापश्चात् अलीलाई अझै पनि हिँडडुल गर्न कठिन छ। मैले उनलाई उनको घरमा गएर भेटेँ। बजारभन्दा अलिकति पर, वरपर हरियाली तथा धानखेत रहेको ठाउँमा उनको घर रहेछ।

जब आफूमाथि परेको आपत्‌को बेलीविस्तार लगाउन खाटमा पलेँटी मारेर बसे, ती ४८ वर्षीय पुरुषको आँखा रसाएर आयो।

दशकौँदेखि उनका परिवारले आफ्नो सानो पसलमा गाईको मासुको परिकार बेच्ने गर्थ्यो। तर यसअघि उनीहरूले कहिल्यै समस्या भोगेका थिएनन्। भारतमा केही राज्यले गाईको मासु बिक्रीमा प्रतिबन्ध लगाएको छ किनकि हिन्दूहरूले गाईलाई पवित्र मान्छन्। तर आसाममा यसको बिक्री प्रतिबन्धित छैन।

- बिबिसिबाट

 

 

 

 


 

More form the Internet

loading...