Suvadin, Home

Cover Image

चालू आवको बजेट खर्च गर्ने सीमा मंसिर मसान्तसम्म तोक्दै सुदूरपश्चिम सरकार

चालू आर्थिक वर्ष २०७५र०७६ को बैसाख मसान्तसम्म पुँजीगत बजेट खर्च १६ प्रतिशत मात्रै रहेको छ। प्रदेश सरकार बजेट कार्यान्वयनमा असफल भएकोप्रति सर्वत्र आलोचना भइरहेको बेला सरकारले बजेट खर्चको गति बढाउन मंसिर मसान्तको सीमा निर्धारण गर्ने सोच बनाएको बताइएको छ।

धनगढी, जेठ २ - बजेट कार्यान्वयनमा असफल भएको आरोप खेपिरहेको सुदूरपश्चिम प्रदेश सरकारले बजेट कार्यान्वयनको सीमा निर्धारण गर्ने तयारी गरेको छ। प्रदेश सरकारले बजेट कार्यान्वयनको सीमा मंसिर मसान्त तोक्नेबारे मनसाय व्यक्त गरेको छ।

चालू आर्थिक वर्ष २०७५र०७६ को बैसाख मसान्तसम्म पुँजीगत बजेट खर्च १६ प्रतिशत मात्रै रहेको छ। प्रदेश सरकार बजेट कार्यान्वयनमा असफल भएकोप्रति सर्वत्र आलोचना भइरहेको बेला सरकारले बजेट खर्चको गति बढाउन मंसिर मसान्तको सीमा निर्धारण गर्ने सोच बनाएको बताइएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बजेट कार्यान्वयनको समयसीमा मंसिर मसान्त निर्धारण गरी सबै बजेट कार्यान्वयन गर्नुपर्ने बताए।

बुधबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले सञ्चारकर्मीहरूसँग भने,- 'हामीले प्रदेशको बजेट कार्यान्वयन गर्ने सीमा अथवा डेडलाइन वा साल तमामी मंसिर मसान्तसम्म मान्ने गरी प्रदेश सरकार अगाडि बढ्नुपर्छ भन्ने ठहर गरेका छौं।' मन्त्री शाहले चालू आर्थिक वर्षको बाँकी २ महिनामा प्रदेशको बजेट पूर्ण कार्यान्वयन हुन सम्भव नभएको पनि प्रष्ट पारे। 

 

 

 


 

More form the Internet

loading...