Suvadin, Home

सडक दुर्घटनामा ३ जनाको मृत्यु ५० घाइते

एक निजी बस पहाडी सडकमा पल्टिदा सो दुर्घटना भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ। बुधबार राती चिप्लो सडकमा बस पल्दिँदा सो घटना भएको र तीन व्यक्तिको घटना स्थलमा नै मृत्यु भएको छ।

नयाँ दिल्ली, ४ असोज – उत्तर भारतको, पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन्।

एक निजी बस पहाडी सडकमा पल्टिदा त्यस दुर्घटना भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ। बुधबार राती चिप्लो सडकमा बस पल्दिँदा सो घटना भएको र तीन व्यक्तिको घटना स्थलमा नै मृत्यु भएको छ।

घाइतेहरु अस्पताल भर्ना गरिएको र घाइते मध्ये सातको अवस्था भने चिन्ताजनक रहेको नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले जानकारी दिएका छन।

प्रत्यक्षदर्शीका अनुसार चालकले नियन्त्रण गुमाउँदा त्यस दुर्घटना भएको हो। त्यस क्षेत्रमा लगाइएका घेराहरुको कारण बस खाल्डोमा खस्नबाट बचेको र घेरै व्यक्ति बाँच्न सफल भएका स्थानीय प्रहरी प्रमुख मोनिकाले सञ्चार माध्यमलाई बताएका छन्।

यस दुर्घटनाको अनुसन्धान गर्न सरकारले आदेश दिएको पनि मोनिकाले थप जानकारी दिए।


 

More form the Internet

loading...