Suvadin, Home

Cover Image

दुई लाख नगदसहित ११ जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले दुई लाख १४ हजार रुपैयाँनगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको हो। 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद र हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। प्रहरीले पक्राउ परेकासँग तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। 
 


 

More form the Internet

loading...