Suvadin, Home

१४ औं साग पाकिस्तानमा हुने 

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आगामी संस्करण पाकिस्तानले आयोजना गर्ने भएको छ । 

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको प्रस्ताव स्विकार गर्दै पाकिस्तानले १४ औं संस्करणको साग आयोजना निश्चित गरेको हो ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको आगामी संस्करण आयोजनाको झण्डा लिन पाकिस्तान सरकारलाई सांस्कृतिक नृत्य सहित आमन्त्रण गरेको थियो ।

तर पाकिस्तानले नोभेम्बर २९ मा पत्र लेख्दै समय थोरै भएकाले सांस्कृतिक नृत्य प्रस्तुत गर्न नसक्ने तर १४ औं संस्करणको झण्डा आफुले लिने प्रतिबद्वता जनाएको ओलम्पिक कमिटि स्रोतले खेलपाटीलाई भनेको छ ।

‘समय कम भएकाले कल्चर टिम पठाउन सक्दैनौ । तर सागको आगामी संस्करण आयोजना गर्न तयार छौ ।’ पाकिस्ताले पठाएको पत्रमा भनिएको छ ।

बर्णानुक्रम अनुसार साग आयोजनाको पालो पाकिस्तानको रहेको थियो । सोही अनुसार पाकिस्तानलाई साग आयोजना गर्न दक्षिण ओलम्पिक काउन्सिलले पत्र पठाएको थियो ।

दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रचलन रहेको छ ।

डिसेम्बर १० को समापनको दिन पाकिस्तान सरकारले आगामी संस्करणको साग आयोजनाको झण्डा लिनेछ ।


 

More form the Internet

loading...