Suvadin, Home

Cover Image

मुस्ताङमा टिपर दुर्घटनाः १५ जना मजदुरको मृत्यु

मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा संलगन मजदुर चढेको टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा कालीगण्डकी कोरिडोर सडकमा काम गर्ने मजदुर चढेको टिपर दुर्घटना हुँदा ४ जना महिला र ११ जना पुरुषको मृत्यु भएको हो।
दुर्घटनाग्रस्त टिपर र मृतक मजदुर।

मुस्ताङ, २२ असार – मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा संलगन मजदुर चढेको टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा कालीगण्डकी कोरिडोर सडकमा काम गर्ने मजदुर चढेको टिपर दुर्घटना हुँदा ४ जना महिला र ११ जना पुरुषको मृत्यु भएको हो।

मजदुर चढेको बा२क २२१९ नम्बरको टिपर दुर्घटनामा परेको हो। दुर्घटनामा १७ जना घाइते भएका छन्। जसमध्ये १२ जना जनाको अवस्था गम्भीर रहेको छ। 
घाइतेको उद्दार नेपाली सेनाले हेलिकप्टरमार्फत गर्दैछ।


 

More form the Internet

loading...