Suvadin, Home

कञ्चपुर बन्द फिर्ता

दुईदिनदेखि बन्द बजार, व्यवसाय खुलेका छन् भने स्कुल र कलेजसमेत सञ्चालनमा आएका छन्। दुईदिन लगातार बन्द हुँदा सदरमुकाम महेन्द्रनगरको जनजीवन प्रभावित हुन पुगेको थियो।

कञ्चनपुर,१७ माघ-महेन्द्रनगर नगर विकास समितिको अवैध लिज प्रकरणविरुद्ध सुरु भएको अनिश्चितकालिन कञ्चनपुर बन्द कार्यक्रम फिर्ता भएको छ। बन्द  फिर्ता भएसँगै बिहीबार बिहानैदेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको जनजीवन सामान्य बनेको छ।

दुईदिनदेखि बन्द बजार, व्यवसाय खुलेका छन् भने स्कुल र कलेजसमेत सञ्चालनमा आएका छन्। दुईदिन लगातार बन्द हुँदा सदरमुकाम महेन्द्रनगरको जनजीवन प्रभावित हुन पुगेको थियो।

बिहानैदेखि यातायात सेवा सुचारु भएपछि दुईदिनदेखि महेन्द्रनगरमा अलपत्र यात्रुहरु गन्तव्यतर्फ लागेका छन्। बुधबार साँझ आन्दोलनरत युवा विद्यार्थी र स्थानीय प्रशासनबीच सहमति भएपछि अनिश्चितकालिन आमहड्तालको कार्यक्रम फिर्ता भएको हो। 


 

More form the Internet

loading...