Suvadin, Home

२०अाैं राष्ट्रिय भूकम्प सुरक्षा दिवस
रानीपाेखरी पुनर्निर्माण कार्य प्रारम्भ

वैशाख १२ गतेको भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण तथा नवनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि मंगलबार देखिनै पुनर्निर्माण सम्बन्धी महाअभियान शुरु गर्दैछ।
रानीपाेखरी, फायल तस्वीर।

काठमाडाैं, २ माघ – मंगलबार देशभर  २०अाैं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइदै छ। वि.सं. १९९० सालको महाभुकम्प र त्यसले पुर्‍याएको क्षतिको स्मरण गर्दै भुकम्पबारे सचेतनामूलक विभिन्न कार्यक्रम गरी हरेक वर्ष माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउदै अाइएकाे हाे। 

'वैशाख १२ मा गइहाल्यो भुईंचालो, सुरक्षित पुनर्निर्माणमा जुट्ने हाम्रो पालो’, 'भुकम्प सुरक्षाको बलियो आधार, भुँइचालो थग्ने घर र भौतिक पूर्वधार' भन्ने मुल नाराका साथ भुकम्प सुरक्षा दिवस मंगलबार बसन्तपुरमा र्यालीकाे अायाेजना गरिएकाे छ। उक्त र्यालीमा भूकम्पकाे बेलामा अपनाउनुपर्ने सुरक्षा र सतर्कता बारे जनचेतना फैलाइएकाे छ।

साथै विनासकारी भूकम्प गएकाे २ वर्ष बितिसक्दा पनि पुनःनिर्माण नभएकाे र पिडित जनताहरू छानाे विहिन भएकाले सरकारलार्इ पुनःनिमार्णमा जुट्न घच्घचाएका छन्। 

वैशाख १२ गतेको भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण तथा नवनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि मंगलबार देखिनै पुनर्निर्माण सम्बन्धी महाअभियान शुरु गर्दैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १२ गते भूकम्प गएको समय दिउँसो ११ बजेर ५६ मिनेटमा रानीपोखरी पुनर्निर्माण कामको शुरूवात गरेकी छिन्।

त्यस्तै, वि. सं. १९९० साल माघ २ गते गएको भूकम्पको समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेपछि ललितपुरको बुङ्मतीबाट पुनर्निर्माणको काम शुरूवात गर्ने कार्यक्रम रहेकाे थियाे।

सरकारले राष्ट्रिय र अन्तराष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर अागामी वैशाख १२ गतेसम्ममा भूकम्प प्रभावित हरेक गाविस र नगरपालिकामा पुनर्निर्माण काम शुरू गरिसक्ने योजना अघि सारेको छ।

भूकम्पप्रभावित क्षेत्रमा यही माघ २० गतेदेखि घर निर्माण शुरू गर्ने लक्ष्यका साथ काम अघि बढाइएको प्राधिकरणले जानकारी दिएकाे छ। प्राधिकरणले भवन क्षति सर्भेक्षणका लागि आगामी १० दिनभित्र ५ सय जना र १ महिनाभित्रमा १ हजार ५ सय जना इञ्जिनियरलाई गाउँगाउँमा पठाउने तयारी गरेको छ।

सरकारले भूकम्पले क्षतिग्रस्त भएका बस्तीमा भूकम्पको जोखिमको आवश्यक मूल्याङ्कन गरी पुनर्निर्माण थाल्ने भएकाे छ।

प्राधिकरणले पहिलो चरणमा स्थानीय तहमा उपलब्ध निर्माणकर्मी, दोस्रो चरणमा स्थानीय इच्छुक व्यक्ति र तेस्रो चरणमा भूकम्प प्रभावित क्षेत्रबाहिर रहेका निर्माणकर्मीलाई तालिम दिने तयारी गरेको छ।


 

More form the Internet

loading...