Suvadin, Home

चट्याङ लागेर २२ जनाको मृत्यु

सोमबार बिहान ११ बजेतिर ४५ जनालाई आकास चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको छ– एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

रुवाण्डा, वैशाख ४ – रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। दक्षिणी रुवाण्डामा भएको उक्त घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले जानकारी दिएका छन्।

सोमबार बिहान ११ बजेतिर ४५ जनालाई आकास चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको छ– एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

उक्त स्थानमा गत वर्ष पनि यसरी चट्याङ लागेर केही मानिसको ज्यान गएको थियो।


 

More form the Internet

loading...