Suvadin, Home

सिरियामा सरकार पक्षधर ४५, आइएसतर्फ २६ लडाकूको मृत्यु

आइएस समूहले यूफ्रेट्स उपत्यकामा सरकारी सुरक्षाकर्मीविरुद्ध गरेको आक्रमणमा सरकारी बल तथा सरकार पक्षधर स्थानीय लडाकू समूहका ४५ जनाको मृत्यु भएको हो। उक्त उपत्यकालाई सरकारी फौजले रूसी हवाइ आक्रमणको सहयोगमा गत वर्ष आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो।
सांकेतिक तस्वीर

काठमाडाैं, २३ जेठ – सिरियाली पूर्वी क्षेत्रमा स्लामिक स्टेट आइएस जिहादी समूह र सरकार पक्षधर लडाकू समूहबीच भएको झडपमा परी कम्तीमा ४५ जना सरकार पक्षधर लडाकूको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमन समूहले मङ्गलबार जानकारी गराएको छ।

आइएस समूहले यूफ्रेट्स उपत्यकामा सरकारी सुरक्षाकर्मीविरुद्ध गरेको आक्रमणमा सरकारी बल तथा सरकार पक्षधर स्थानीय लडाकू समूहका ४५ जनाको मृत्यु भएको हो। उक्त उपत्यकालाई सरकारी फौजले रूसी हवाइ आक्रमणको सहयोगमा गत वर्ष आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो।

विद्रोहीले निशाना बनाएका ग्रामिण वस्तीहरू प्रान्तीय राजधानी देर अजोर तथा अबलु कमल शहरको वरपरका इराकी सिमानामा पर्ने शहरहरू हुन्।

उक्त गाउँको बीच भागमा अहिले पनि आइएस विद्रोहीको प्रभाव क्षेत्र रहेको हाजिन शहर पनि पर्छ। मानव अधिकारवादी संस्थाका प्रमुख अब्देल रहमानले दिएको जानकारी अनुसार सरकारी पक्ष र विद्रोहीबीचको झडपमा परी कम्तीमा २६ जना आइएस लडाकू पनि मारिएका बताए।

सरकारी पक्षधर समूहमा परेका प्राय सिया लडाकूहरू रहेका भएपनि उनीहरू इराकी, अफगानी तथा लेबनानी नागरिकसमेत रहेको उनले बताए।
 


 

More form the Internet

loading...