Suvadin, Home

शवबिनै एकताको अन्त्येष्टि गर्ने परिवारको तयारी

काठमाडौं,चैत्र ३ – अफ्रिकी मुलुक इथियोपियामा जहाज दुर्घटनामा परी ज्यान गुमाएकी गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको शव आउन समय लाग्ने भएपछि परिवारले शवबिनै अन्तिम सस्कार गर्ने तयारी गरेको छ ।

इथियोपियाको आदिस आबाबामा  गत आइतबार (फागुन २६ गते) इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज दुर्घटना हुँदा विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारीसहित १५७ जनाको निधन भएको थियो ।

एकताको निधन भएको आठ दिन हुँदा पनि शव नआएपछि हिन्दु धर्म संस्कारअनुसार अन्त्येष्टि गर्ने तयारी गरेको उनका ठूलोबुवा ईश्वर अधिकारीले जानकारी दिए । उनले एकताको शव ल्याउन नेपालस्थित विश्व खाद्य कार्यक्रमको कार्यालयमा भनिरहेको बताए ।

‘हामीले अन्त कतै पहल गर्न सक्दैनौं । त्यही कार्यालयले जे गर्छ त्यसैको भर परेका छौं,’ अधिकारीले भने । हिन्दु संस्कारअनुसार शव फेला पार्न नसकेमा कुशको शव बनाएर अन्तिम संस्कार गर्ने चलन छ ।


 


 

More form the Internet

loading...