Suvadin, Home

सिराहमा छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ।  गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु भएको छ। 
सांकेतिक तस्वीर

लहान, ११ भदौ – सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते महतोलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढी नगरपालिका–८ गागन खोला पुलमा ज८प २१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय २२ वर्षीय गोविन्द ठाकुरको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरलाई पनि उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

त्यस्तै सिरहा नगरपालिका–७ मैसोथामा माछा पोखरीमा डुबेर स्थानीय ५० वर्षीय हितलाल मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 


 

More form the Internet

loading...