Suvadin, Home

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ घाइते

काठमाडाैंदेखि दाङका लागि छुटेको ना६ख ९२८ नम्बरको यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नम्बर को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो। बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
फाइल तस्वीर

कावासोती, ५ असोज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन्। 

काठमाडाैंदेखि दाङका लागि छुटेको ना६ख ९२८ नम्बरको यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नम्बर को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो। बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनास्थलमा अहिले राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...