Suvadin, Home

दुर्घटनामा चार यात्रु घाइते

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नम्बरको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नम्बरको ट्रकमा ठोक्किँदा ना ५ ख ५९४६ नम्बरको ट्रकमा सवार यात्रु घाइते भएका हुन्। घाइतेको अहिले स्थानीय नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ।

नवलपरासी, २६ असार – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा मंगलबार भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन्। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नम्बरको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नम्बरको ट्रकमा ठोक्किँदा ना ५ ख ५९४६ नम्बरको ट्रकमा सवार यात्रु घाइते भएका हुन्। घाइतेको अहिले स्थानीय नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ।


 

More form the Internet

loading...