Suvadin, Home

चरेशसहित भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन्। बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच गर्दा निज मियाले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव निरिक्षक नकुलराज गौतमले बताए। 

वीरगंज, १३ फागुन – प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन्। बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच गर्दा निज मियाले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव निरिक्षक नकुलराज गौतमले बताए। 

चरेश सहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। इनर्वा प्रहरीले एक महिना यता ३३ किलो चरेश सहित ९ भारतीयलाई पक्राउ गरेको छ। 


 

More form the Internet

loading...