Suvadin, Home

विवादमा एकै परिवारका ६ जनाको मृत्यु

बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्गलबार अबेर राति भएको गोलीकाण्डमा परी काका स्वयम्, उनको श्रीमती र चार जना बालबालिकाको मृत्यु प्रान्तीय गभर्नरद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

अफगानिस्तान, चैत २८ – अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारको ६ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आज जानकारी दिएका छन्।

बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्गलबार अबेर राति भएको गोलीकाण्डमा परी काका स्वयम्, उनको श्रीमती र चार जना बालबालिकाको मृत्यु प्रान्तीय गभर्नरद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

यस घटनाको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन र अनुसन्धान जारी रहेको पनि उक्त विज्ञप्तिमा बताइएको छ।


 

More form the Internet

loading...