Suvadin, Home

कपिलवस्तुका एक वृद्ध पाचँ दिनदेखि बेपत्ता

घरमा कसैलाई केही नभनी शुक्रबार मध्यान्न आफ्नै घरबाट निस्किएका बानियाँ बुधबारसम्म पनि घर नफर्केपछि आफन्तले सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

काठमाडाैं, १० माघ – कपिलवस्तु जितपुरका एक वृद्ध पाँच दिनदेखि बेपत्ता भएका छन्। कपिलबस्तु नगरपालिका–१ छोट्की तौलिहवा निवासी ६५ वर्षीय रामसुभग बानियाँ गत माघ ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। 

घरमा कसैलाई केही नभनी शुक्रबार मध्यान्न आफ्नै घरबाट निस्किएका बानियाँ बुधबारसम्म पनि घर नफर्केपछि आफन्तले सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। 

बानियाँको मानसिक सन्तुलन गुमेको र औषधिसमेत सेवन गर्ने गरेको उनकी श्रीमती आरतीले बताएकी छिन्। उनकाे खोजी गरिदिनका लागि परिवारले सबैसँग अनुरोध गरिरहेकाे छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले खोजीकार्य जारी रहेको बताएको छ। 


 

More form the Internet

loading...