Suvadin, Home

सडक दुर्घटनामा सातको मृत्यु ९ जना घाइते

कार दुर्घटनामा परी नौ जना घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। मान्डलायदेखि मोन्यवासम्मको राजमार्गअन्तर्गत पर्ने सागाइङमा स्थानीय समयअनुसार मंगलबार बिहान साढे ११ मा दुर्घटना भएको हो।

योङ्गुन, २३ जेठ –  म्यानमारको सागाइङ क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये पाँच जना महिला रहेको गृह मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएको छ।

कार दुर्घटनामा परी नौ जना घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

मान्डलायदेखि मोन्यवासम्मको राजमार्गअन्तर्गत पर्ने सागाइङमा स्थानीय समयअनुसार मंगलबार बिहान साढे ११ मा दुर्घटना भएको हो।

दुर्घटनामा परेको कारको विपरित दिशाबाट आइरहेको छ पाङ्ग्रे ट्रकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। ट्रकले पनि १६ जना यात्रु ल्याएको थियो। 


 

More form the Internet

loading...