Suvadin, Home

आगलागीबाट एक करोडको क्षति

भद्रपुर– ८ मंगलचोकका देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आइतवार बिहान आगलागी भएको छ। बिहान करिब २ बजेर ४८ मिनेट जादा करेन्ट प्रबाह भएर खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

बनियानी (झापा), चैत २७– भद्रपुर– ८ मंगलचोकका देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आइतवार बिहान आगलागी भएको छ।

बिहान करिब २ बजेर ४८ मिनेट जादा करेन्ट प्रबाह भएर खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट उद्योगमा रहेका यान्त्रिक औजार, तयारी फर्निचर, घरायसी सामान, लत्तापकडालगायत जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रणका लागि बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकाका वारुणयन्त्र परिचालन गरिएका थिए।

स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायतको सक्रियतामा बिहान करिब ७ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नेत्रबहादुर कार्कीका अनुसार आगलागीबाट करिब एक करोड २५ लाख मुल्य बराबरको क्षति भएको छ । क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ। 

पीडित बस्नतेले आफू कामको सिलसिलामा इलामको पशुपतिनगर गएका बेला आगलागी भएको बताए । ‘म घरमा थिइन, भर्खरै आइपुगें, सबै जलेछ, मेरो बिजोग भयो,’ उनले भने।

सोही स्थानका प्रत्यक्षदर्शी राजबाबु शंकरका अनुसार ठूलो आवाजमा ग्यास सिलिन्डर पड्किएपछि आगो फैलिएको थियो। रासस 


 

More form the Internet

loading...