Suvadin, Home
NMB Bank Ltd 245.9k

ट्याक्टर दुर्घटनामा स्कुले बालकको मृत्यु

ताप्लेजुङको मेहेले गाविसमा भएको सडक दुर्घटनामा एक बालकको ज्यान गएको छ। सिनाम–खेवाङ सडकखण्डमा भएको दुर्घटनामा अरु दुई जना घाइते भएका छन्। प्रहरी कार्यालय ताप्लेजुङका अनुसार को२त ४५१७ नम्बरको ट्याक्टर दुर्घटनामा मेहेले–३ का शुकनाथ लिम्बूका छोरा ८ वर्षीय विशाल लिम्बूको मृत्यु भएको हो।
दुर्घटनास्थल।

ताप्लेजुङ, पुस ११


ताप्लेजुङको मेहेले गाविसमा भएको सडक दुर्घटनामा एक बालकको ज्यान गएको छ।

सिनाम–खेवाङ सडकखण्डमा भएको दुर्घटनामा अरु दुई जना घाइते भएका छन्। 

प्रहरी कार्यालय ताप्लेजुङका अनुसार को२त ४५१७ नम्बरको ट्याक्टर दुर्घटनामा मेहेले–३ का शुकनाथ लिम्बूका छोरा ८ वर्षीय विशाल लिम्बूको मृत्यु भएको हो।

लिम्बुकै अर्का छोरा १० वर्षीय शम्भु लिम्बू, सोही ठाउँका रामबहादुर बानियाँका छोरा ११ वर्षीय पवनकुमार बानियाँ र सन्तोष मावोकी छोरी स्मृति मावो घाइते भएका छन्।

घाइते बानियाँको अवस्था गम्भीर रहेको छ। अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

घाइतेलाई उपचारका लागि झापाको बिर्तामोड लगिएको छ। 

सिनामका स्वास्थ्यसेवी टीकाराम थेबेले सडक निर्माणाधीन रहेकाले यस्ता दुर्घटना पटक–पटक हुने गरेको बताएका छन्।

 

More form the Internet

loading...