Suvadin, Home

जन्ती बोकेको जीप दुर्घटना हुँदा १६ जना घाइते

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुलाहा दुलहीसहित १६ जना घाइते भएका छन् ।

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुलाहा दुलहीसहित १६ जना घाइते भएका छन् ।

मरिण गाउँपालिकाबाट हरिहरपुरगढी गाउँपालिका जाँदै गरेको १८६० ज १ च नम्बरको जीप हरिहरपुरगढीको झ्याडीमा दुर्घटना भएको हो।

जीप दुर्घटना १२ जना सामान्य घाइते भएका छन् । चार जनालाई चोट लागेकाले थप उपचारका लागि सिन्धुली जिल्ला अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । 


 

More form the Internet

loading...