Suvadin, Home

धादिङमा यात्रु बोकेको मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु, २० घाइते

धादिङमा यात्रु बोकेको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

धादिङ । धादिङमा यात्रु बोकेको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धादिङ प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका यात्रु बोकेको बा १ ख १२८० नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।

ट्रकमा सवार अन्य २० जना भने घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।


 

More form the Internet

loading...