Suvadin, Home

Cover Image

ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका–४ को मन्घरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

माघ । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका–४ को मन्घरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका –५ का २० बर्षीय भीमबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेस्तडाले जनाएको छ । 

घाइते हुनेमा भगवतीमाई गाउँपालिका– ५ कट्टीका १९ बर्षीय सहचालक ललित विक र सोही निवासी २८ बर्षिय चालक दिपक विक रहेको प्रहरीले जनाएको छ । 

घाइतको टाउको र खुट्टामा चोट लागेको छ भने स्वास्थ्य केन्द्र बेस्तडामा उपचार भइरहेको छ । शुक्रबार विहान करीब ८ः३० बजेतिर जाजरकोटको सुयाडा देखि दैलेखको बेस्तडा बजार आउँदै गरेको भे १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।


 

More form the Internet

loading...